१५ लाख बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय गुल्मीले बैंकिङ कसुरका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । रेसुंगा नगरपालिका - १० सिमिचौरकी ७० वर्षीया रेणुकला अर्याललाई पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले ३० मंसिर ०७७ बैंकिङ कसुर मुद्दामा पन्ध्र लाख जरिवाना गरेको थियो । त्यसयता अर्याल फरार रहेकी थिइन् । उनलाई घरबाटै पक्राउ गरेर शुक्रबार जिल्ला अदालत गुल्मीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
 

See More On

सुझावित समाचार