नेपाली कांग्रेसको आज बस्ने तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलिलाई सरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज २ बजेका लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेलाई सारिएको हो।
कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाएको थियो। मुख्यसचिव पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारेको एजेन्डा राखिएको छ। कांग्रेसको विधानको व्यवस्थाअनुसार महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई छ ।