मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा  राक्सिराङ गाउँपालिका– ८ का ६५ वर्षीय जितबहादुर गोले छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका– २ की ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए । 

See More On

सुझावित समाचार