पाँचदलीय गठबन्धनलाई मिलेर चुनावमा आउन ओलीको चुनौती

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेका छन् । ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती दिए । 

बुधबार सुनसरीको इनरुवामा पार्टीद्वारा आयोजित आमसभामा उनले जतिसुकै दल मिलेर भिडे पनि जित भने एमालेकै हुने दाबी गरे । उनले भने, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौँ । एक्लै पराजित गर्न सक्छौँ।’

रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धन चाहिएको आरोप उनले लगाए । ओलीले सत्तारुढ गठबन्धन खिइँदै गएको उल्लेख गर्दै नडराई चुनावी मैदानमा जुट्न उनले नेता तथा कार्यकर्तालाई सचेत गराए ।

सुझावित समाचार