चुनावी तालमेलबारे छलफल गर्न आज सत्तागठबन्धनको बैठक बस्दै

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

चुनावी तालमेलबारे छलफल गर्न सत्तागठबन्धनका नेताहरूको बैठक आज बस्दै छ । बिहान ९ बजे बालुवाटारमा बैठक बस्ने लागेको हो । कतिपय जिल्लामा खटपट देखिएपछि पाँचदलीय सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरिसकेको छ ।

शीर्ष नेताको बैठकले अपिल जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको थियो । स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका लागि आह्वान हुने नेताहरूले बताएका छन् ।

समितिका एक सदस्यका अनुसार सोमबार शीर्ष नेतासहितको बैठकपछि यस्तो अपिल जारी हुने सम्भावना छ । संयुक्त आह्वानले गठबन्धनको पक्षमा थप सकारात्मक वातावरण बनाउने विश्वास नेताहरूले लिएका छन् । 

सुझावित समाचार