२०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सम्पन्न

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

सेनाका सागर जलारीले पोखरामा सम्पन्न ‘२०औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप २०२२’ अन्तर्गत एक्युरेसी सोलो ओभरअलको उपाधि चुम्न सफल भएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा भएको प्रतियोगितामा जलारीले १७ अंकसहित उपाधि जितेका हुन् ।

अन्जन कुँवर दोस्रो, अमन थापा तेस्रो, विशाल थापा र युवराज सुनारले सान्त्वना स्थान हात पारेकाे आयोजक संस्थाका महासचिव एवं प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिए । उनीहरूले क्रमश ५०, ३०, २० र १० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा विभिन्न सात विधाका खेलहरू भएका थिए । जस्मा ‘एक्युरेसी’ विधाका मात्र पाँच खेल भएका थिए । एक्युरेसी सोलो ल्यान्डिङ महिलामा दृर्गा गुरुङ पहिलो, स्वस्तिका गुरुङ दोस्रो, सविता तामाङ तेस्रो र सुस्मिता सुनुवार सान्तना हुँदै क्रमश ३०, २०, १० र पाँच हजार पुरस्कार पाए । 

एक्युरेसी टेन्डम ल्यान्डिङ ओभरअलमा इन्द्रबहादुर नेपाली पहिलो, कृष्णबहादुर सुनार दोस्रो, नुरेन राना तेस्रो र नारायण पराजुलीले सान्त्वना स्थान हात पार्दै क्रमश ३०, २०, १० र पाँच हजार पुरस्कार पाए । एक्युरेसी टिम टेन्डमम ल्यान्डिङ ओभरअल टिम एड्भान्स पहिलो, टिम ड्राग्रन फ्लाई दोस्रो र टिम गोल्डेन तेस्रो हुँदै क्रमश २०, १५ र १० हजार पुरस्कार पाए । बेस्ट कस्ट्युम साे परफरमेन्समा इश्वर केसी र जीवन खड्का उत्कृष्ट हुँदै नगद १० हजार साथमा ट्रफी र मेडल पुरस्कार पाए । 

बुधबारदेखि सुरु प्रतियोगितामा एक्युरेसी सोलो पुरुषमा ३२, एक्युरेसी टेन्डम ओभरअलमा ३७ र एक्युरेसी महिलामा आठजना गरी ७७ जनाको सहभागिता रहेको थियो ।
 

सुझावित समाचार