एमाले कसैको बैसाखी टेकेर चुनावमा जाँदैन : प्रदीप ज्ञवाली

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले कसैको बैसाखी टेकेर चुनावमा नजाने दाबी गरेका छन् । राष्ट्रियस्तरमा कसैसँग सम्झौता नगरे पनि जनताको जनादेश एमालेकै पक्षमा रहेकाले कसैको आवश्यकता नरहेको उल्लेख गरे । 

प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा बौल्दै उपमहासचिव ज्ञवालीले निर्वाचनलाई  प्रभाव पार्ने गरी आचारसंहिता लागू भइसकेको अवस्थामा कर्मचारीको सरुवा बढुवा गरेको र विभिन्न ठाउँमा विभिन्न योजना भवनको उद्घाटन सरकारले गरेको भन्दै निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि क्रियाकलाप नगर्नसमेत ज्ञवालीले आग्रह गरे । 

मुलुकको अर्थतन्त्र भयावह भइसकेको इंगित गर्दै सरकारले राज्यको ढुकुटी सिध्याउने काम गरेको बताए । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा उनले राष्ट्रप्रमुखको हैसियतमा भ्रमणमा जानुपर्नेमा पार्टी प्रमुखको हैसियत भएको बताउँदै त्यो नसुहाउँदो भएको बताए । विकास निर्माणको कुरालाई कोट्याउँदै तमोर करिडोर चीन, नेपाल र भारतलाई जोड्नेतर्फ तत्काल लाग्नुपर्ने बताए । 
 

सुझावित समाचार