दीपेन्द्रको शतकमा मलेसियालाई नेपालले दियो २२४ रनको लक्ष्य

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण
दीपेन्द्रको शतकमा मलेसियालाई नेपालले दियो २२४ रनको लक्ष्य

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ। दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ खेलेपछि नेपालले पूरा २० ओभरमा पाँच विकेट गुमाउँदै २२३ रन बनाएको हो।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ऐरीले टी–२० क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक रन बनाए। ५७ बलमा १० चौका र ६ छक्का हानेका उनले कुल ११० रनको योगदान गरे।

त्यसैगरी, नेपालका लागि रोहित पौडेलले ५१, आसिफ सेख १८, मोहम्मद आदिल अलाम १४ तथा कुशल भुर्तेलले १२ रन जोडे। अहिले मलेसियाले २२४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ। ४.१ ओभरको खेल सकिँदा मलेसियाले एक विकेटको क्षतिमा ४६ रन बनाएको छ।

सुझावित समाचार