कुर्था–जयनगर रेल्वे उद्घाटन, रेलसेवा शुभारम्भ

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

कुर्था–जनकपुर–जयनगर रेल्वेको उद्घाटन गरिएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल रूपमा रेल्वेको उद्घाटन गरेका हुन्।

गत फागुन १ देखि उक्त रेल विनायात्रु गुड्दै (ड्राई रन हुँदै) आएको थियो। उद्घाटन भएसँगै अब आइतबारदेखि सर्वसाधारणले रेल चढ्न पाउनेछन्। द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री देउवा र समकक्षी मोदीले संयुक्त रूपमा रेल्वेको उद्घाटन गरेका हुन् ।

सुझावित समाचार