गठबन्धनको जिम्मा स्थानीय समितिलाई दिने लोसपाको निर्णय

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण
गठबन्धनको जिम्मा स्थानीय समितिलाई दिने लोसपाको निर्णय

लोसपा अध्यक्ष महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्न पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । स्थानीय तहले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उनले बताए ।

उनले भने, ‘आजको सम्पूर्ण बैठक स्थानीय निर्वाचनलाई नै केन्द्रित गरेर बृहत् छलफल भयो । त्यो छलफलबाट एउटा गठबन्धन सम्बन्धमा पनि हामीले निर्णय गर्यौँ । अहिले हामीले कुनै खास दलसँग गठबन्धन गर्दैनौँ । जिल्ला, प्रदेश र स्थानीय तहले आवश्यकता हेरी औचित्यका आधारमा गठबन्धन गर्न दिने निर्णय भएको छ । त्यसको अनुगमन जिल्ला र प्रदेश समितिले गर्नेछ ।’

बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको पनि उनले जानकारी दिए ।

सुझावित समाचार