नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलमा अध्यक्ष नियुक्तिको विषयमा असन्तुष्ट इतर पक्षका युवा तथा विद्यार्थीले खबरदारी भेला गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा अध्यक्ष नियुक्त गरेको भन्दै इतर समूहले सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा समानान्तर भेला गरेको हो।
गत बुधबार देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष मनोनयन गरेका थिए। मनोनयनमा असन्तुष्ट इतर पक्षले समानान्तर भेलाको आयोजना गरेको हो।