चितवनको भरतपुरमा नेपाल फाइभ पी एक्स्पो हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा १७ चैतदेखि प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय २० भन्दा बढी कम्पनीहरूका स्टल रहने जनाइएको छ । प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिब कक, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्टस् उत्पादकको एक्सपोमा सहभागिता रहने आयोजकले जनाएका छन् ।
त्यस्तै, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्टस्, सिलाई मेसिनरी उत्पादकहरू, प्याकेजिङ मेसिनरी, र्याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरूको सहभागिता हुनेछ ।