महोत्तरीमा ५५ लाखसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा औरही नगरपालिका– २ चेपकट बस्ने अन्दाजी वर्ष २० को धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको डिएसपी प्रकाश विष्टले बताए।
उनीहरू उक्त रकम बोकेर औरही नगरपालिका– १ स्थित जलेश्वर, रामगोपालपुर बर्दिबास सडकखण्डमा मोटरसाइकलमा सवार थिए।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको डिएसपी विष्टले बताए। पक्राउ पर्नेले उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धानसमेत भइरहेको डिएसपी विष्टले जानकारी दिए।