चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण
चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

तस्बिर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेजबाट

चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटेल मेरियटमा भेटवार्ता गरेका हुन्।

तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका वाङले यसअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली समकक्षी डा. नारायण खड्का तथा आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरेका थिए। वाङ आज नै स्वदेश फर्कँदै छन्। 

See More On

सुझावित समाचार