नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सत्तागठबन्धन कांग्रेसको चाहना नभई मुलुकको बाध्यात्मक अवस्थाका कारण बनेको बताएका छन्। चुनावी अभियानअन्तर्गत बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता आएको बताए।
कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने दाबीसमेत गरे। कांग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको जिकिर गर्दै उनले स्थानीय निर्वाचनका सम्बन्धमा जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिइनेसमेत बताए।