चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन : नेता पौडेल

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले  निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्। राजनीतिशास्त्री समाजद्वारा काठमाडौंमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका हुन्। 

‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ नेता पौडेलले भने। जनता र जनजीविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो। 

‘विचार, विषयसँग सामीप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेलले भने। ०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरताका निम्त भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे। 

‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो। चुनाव जितेपछि उहाँजति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन। स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ।’
 

सुझावित समाचार