सद्‌गुरुको ‘सेभ सोइल’ अभियानको समर्थनमा काठमाडौंमा प्रस्तुति

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

इशा फाउन्डेसनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवको पहलमा सुरु भएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानको समर्थनमा काठमाडौंमा प्रस्तुति भएको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूले अभियानलाई समर्थन गर्दै वसन्तपुर दरबार क्षेत्रमा नृत्य र सांगीतिक प्रस्तुति गरेका हुन्।

उनीहरूले ‘माटो जोगाऔँ ! अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौँ’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी भएका थिए। साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोका लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए। कार्यक्रममा अर्जुन कार्की र पार्थ लामिछानेको सांगीतिक प्रस्तुति दिएका थिए।

माटो जोगाऔँ अभियान के हो ? 
जग्गी वासुदेवको पहलमा सुरु भएको यो विश्वव्यापी अभियान हो। जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउन विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ। यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउन सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउन अनि त्यसतर्फ कामहरू गर्न सघाउनु हो। 

यस अभियानअन्तर्गत माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एसिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्नेछन्। सय दिनको उक्त यात्रा २१ मार्चमा लन्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ।

अभियानको तयारीका लागि अहिले सद्‌गुरु लन्डनमा छन्। लन्डनमा रहेका सद्‌गुरुको नेपाली दूतावासले १६ मार्चमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो। 

सुझावित समाचार