लघुजलविद्युत् बिग्रिएपछि महिनौँदेखि चंखेलीवासी अन्धकारमा

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

५० किलोवाट क्षमता भएको खारखोला लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ। आयोजनामा विद्युत् उत्पादन हुन छोडेपछि  चंखेलीवासी अन्धकारमा छन्।

निर्माण गरेको एक महिना मात्रै बत्ती झलमल्ल  बले पनि त्यसपछि आयोजनामा प्राविधिक समस्या आएको थियो। निर्माण भएको एक महिना नबित्दै आयोजनामा प्राविधिक समस्या आएको चंखेली गाउँपालिकाका कर्णबहादुर शाहीले गुनासो गरे।

दुई वर्ष पहिले आयोजना निर्माण भएपछि गाउँलेले एक महिना मात्रै बत्ती बालेको शाहीले बताए। पावरहाउसको बेरिङ तार बिग्रिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए। बेरिङ तार पनि बाहिरबाट ल्याउनुपर्ने भएपछि मर्मतमा ढिलो भएको शाहीले बताए।
 

सुझावित समाचार