अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडियो कुराकानी

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा  भिडियो कुराकानी

अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गरेको दुवै पक्षका अधिकारीले जनाएका छन् ।  वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेको जनाइएको छ ।   राष्ट्रपति सिले अन्तर्राष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेबारी  भएको बताएका थिए ।  

उनीहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीले उल्लेख गरेका छन् । अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।     
 

सुझावित समाचार