लामो समयको त्याग र अथक प्रयासपछि महिलाहरु आफ्नो पहिचान बनाउन सफल हुँदै गएको महिला लेखकहरुको दाबी छ ।
शनिबार अभ्युत्थान महिला साहित्य प्रतिष्ठानले बाजालु स्थित बाइसधारा पार्कमा बनभोजसहित गरेकाे अन्तर्क्रिया कार्यक्रममा सहभागी महिलाहरुले महिलाहरुलाई अझै पनि घरबाट बाहिर निस्किन चुनौति रहेको र त्यो चुनौति चिर्दै बाहिर निस्कन सफल महिलाहरुको ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए ।
कार्यक्रममा साहित्यकार धनकुमारी सुनार, गंगा पौडेल कर्माचार्य, शुसिला प्रधानाङ्गा, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ लक्ष्मी माली, प्राध्यापक विन्दु शर्मा, गौरी देवकोटा, राधा दुलाल कार्की लगायत महिलाहरुले आ–आफ्नो अनुभव राखेका थिए । अभ्युत्थान महिला साहित्य प्रतिष्ठानकी अध्यक्ष सिता शर्माले कार्यक्रमका सहभागी जनाउने सम्पूर्ण महिला साहित्यकारहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता जमघट र अन्तर्क्रियात्मक कार्यक्रम भइरहनुपर्नेमा जोड दिइन् ।