बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम आइएसएमटी चितवनमा

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू चितवनमा पनि सञ्चालनमा ल्याएको छ। आइएसएमटी कलेजले विगत १० वर्षदेखि बेलालयका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो शैक्षिक सत्रदेखि आइएसएमटी कलेज चितवनमा पनि ती कार्यक्रम सुरु गर्न लागेको हो। 

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको कलेजले जनाएको छ। उक्त विश्वविद्यालय सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै युरोपियन टिचिङ र्यांकिङमा २०१औँ स्थानमा पर्न सफल भएको थियो। 
 

See More On

सुझावित समाचार