ग्लोबल आइएमईको क्युआर कोडबाट ग्यास खरिद गर्न मिल्ने

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्यास विक्रेता तथा उपभोक्ताले क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सम्झौता गरेको छ । बैंकले ग्यास विक्रेता महासंघसँग ग्यास खरिद तथा बिक्री गर्दा क्युआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता गरेको हो ।  

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेको जनाइएको छ । ग्लोबल आइएमईले आफ्ना भुक्तानी साझेदारहरू स्मार्ट च्वाइस टेक्नोलोजी र फोनपेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका ग्यास विक्रेता महासंघसँग समन्वय गरेको जनाएको छ । 

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध देशभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरू सीधै लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । हाल बैंकले देशभरमा दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र देशबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार