सार्कस्तरीय खेलमा भाग लिने खेलाडीलाई जुम्लाबाट बिदाइ

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

भारतको नागाल्यान्डमा हुने क्रसकन्ट्री खेलमा भाग लिने जुम्लाका चार खेलाडीलाई बिदाइ गरिएको छ। आगामी मार्च २७ देखि हुने सार्कस्तरीय क्रसकन्ट्री प्रतियोगिताका लागि छनोट भएका चार खेलाडीलाई आइतबार एक कार्यक्रम गरी जुम्लाबाट बिदाइ गरिएको हो।

जुम्लाबाट काठमाडौं हुँदै उनीहरू भारतको नागाल्यान्ड पुग्नेछन्। पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माविका प्रधानाध्यापक टंकबहादुर महतले दोसल्ला ओेढाएर र अबिर लगाएर उनीहरूलाई बिदाइ गरे।

एथलेटिक्स खेलाडीहरू बन्धना बुढा, राममाया बुढा, समिता बुढा र दीपेन्द्र बुढाले सार्कस्तरीय क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै छन्। कर्णाली स्पोर्टस् क्बल जुम्लाका सहसचिव धनराज सुनारका अनुसार बन्धनाले सिनियर तथा अन्य तीनजनाले जुनियर दौड प्रतियोगितामा भाग लिनेछन्। सुनारका अनुसार खेलाडीलाई जुम्लादेखि काठमाडौं जाने आर्थिक व्यवस्थापन क्लबले नै गरेको छ।

सुझावित समाचार