सिमकाेट तल्लाे गाउँमा आगलागी

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण
सिमकाेट तल्लाे गाउँमा आगलागी

तस्बिरहरु : नरजन तामाङ/नयाँ पत्रिका

हुम्लाको सदरमुकाम सिमकोटस्थित तल्ला गाउँमा आगलागी भएको छ। बालबालिकाले खेल्दै गर्दा स्याउलाको खातमा सल्काएको आगोले एक गोठ जलेर नष्ट भएको छ। आगलागीबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम रावत र चक्र रावतको दाउरासमेत जलेर नष्ट भएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले स्थानीय, प्रहरी र सशस्त्र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

See More On

सुझावित समाचार