गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ  यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको थियो । 

गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर उनको नेपाल भ्रमणबारे औपचारिक घोषणा भएको छैन ।

सुझावित समाचार