चाम्लिङको ‘धाउन नमिल्ने’ सार्वजनिक

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

कोरोना महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ।  गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको स्वर रहेको छ । डान्सिङ  भर्सनको यस गीतमा गीतकार डिपी खनालको शब्द रहेको गीतमा राजु कार्कीले संगीत समायोजन गरेका छन् । गीतको भिडियोमा गायक राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ।  

मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई किरण चाम्लिङ राईको निर्देशनमा ज्ञानेन्द्र शर्मा हुमागाईंले भिडियो छायांकन गरेका हुन्।  गायिका मेलिना राईको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । 

सुझावित समाचार