एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजित गरिएको छ ।

छलफलको निष्कर्ष बिहीबारको बैठकमा प्रस्तुत हुने पोलिटब्युरो सदस्य होम बुढाथोकीले जानकारी दिए । उनका अनुसार समूहगत छलफल चलिरहेको छ । 

राजधानीमा एक पार्टी प्यालेसमा बुधबार सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन र सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिका पनि प्रस्तुत भएको छ । 

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टीपंक्तिलाई उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् ।

सम्मानित नेता झलनाथ खनालले पनि पार्टीपंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको बुढाथोकीले जानकारी दिए । बुधबारको बैठकमा नेपाल र खनालले सम्बोधन गरेका थिए । 

सुझावित समाचार