चौलागाईंको ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक भएको छ । दीपिका रिमाल थापाको शब्द रहेको गीतलाई युवराज र अनुष्का पाठकले स्वर दिएका हुन् । गीतमा उदयराज पौडेलको संगीत समायोजन छ । 

भूषण दाहालले निर्देशन गरेको गीतको भिडियोमा गायक चौलागाईं र मोडल अञ्जली अधिकारीको अभिनय छ। बिछोडपछि प्रेमी–प्रेमिकाले व्यक्त गरेको प्रेमभावलाई भिडियोको कथामा देखाइएको छ । कुमार कटवालले खिचेको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका हुन् ।

सुझावित समाचार