आजको सत्य र असत्यबीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा : अध्यक्ष ओली

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिमा अबको लडाइँ  सत्य र असत्यबीचको भएको बताएका छन्। मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

सत्य र असत्यको लडाइँ वेलावेलामा हुने गरेको दृष्टान्त दिँदै उनले आजको सत्य र असत्यबीचको लडाइँ परमादेशी र जनादेशीबीचको लडाइँ भएको बताए। उनले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको दाबीसमेत गरे।

अध्यक्ष ओलीले भने, ‘सत्य र असत्यको लडाइँ समय–समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ। कहिले पाण्डव र कौरवका बीचमा हुन्छ। कहिले कृष्ण र कंशका रूपमा हुन्छ। अनेक रूपमा सत्य र असत्यबीच लडाइँ हुन्छ। आजको सत्य र असत्यबीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो। असत्यको प्रतीकको लडाइँ भनेको परामादेशी शक्तिहरू हुन्। जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ।’

सुझावित समाचार