सिराहा कांग्रेस अधिवेशन : समाचार संकलनमा अवरोध गरेपछि पत्रकारहरू धर्नामा

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनअन्तर्गत सिराहाको गोलबजारमा मतदान जारी छ। जनता माध्यमिक विद्यालय गोलबजारमा जारी मतदान सम्बन्धमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई अवरोध गरेपछि पत्रकारहरू धर्नामा बसेका छन्।

प्रहरीले समाचार संकलन गर्न पुगेका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारलाई मतदानको रिपोर्टिङमा अवरोध गरेपछि क्यामेरालगायतका सञ्चार सामग्री राखेर उनीहरू धर्नामा बसेका हुन्।

अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकाले पत्रकारलाई विद्यालयको परिसरबाहिरबाटै समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको बताए। निर्वाचन अधिकृत सञ्जीवकुमार लामाले मतदानमा बाधा पुग्न सक्ने भन्दै उनीहरूलाई रोक लगाइएको बताएका छन्।

सुझावित समाचार