वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियू कक्षमा उपचारकै क्रममा आइतबार साँझ उनको निधन भएको परिवारजनले जनाएका छन् । ९३ वर्षीय नेता बर्माको पेटमा इन्फेक्सन देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
बर्मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको वर्ष ००६ देखि नै निरन्तर कम्युनिस्ट पार्टीमा क्रियाशील थिए । उनी ००७ को क्रान्तिका एक योद्धा थिए । उनले कम्युनिस्ट दर्शनसम्बन्धी पुस्तक लेखेका छन् । ०४६ पछि नेकपा (बर्मा) नामको पार्टी गठन गरी उनी अध्यक्ष बनेका थिए । सप्तरीमा जन्मेका उनी केही वर्षदेखि काठमाडौंमै बस्दै आएका थिए ।