नेक्ससले जित्यो अर्किड कप

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

नेक्सस स्कुलले छैटौँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधि जितेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा नेक्ससले मनकामना स्कुललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । नेक्ससका लागि सबै गोल राज मगरले गरेका थिए । खेलकोे पहिलो मिनेटमै राजले नेक्ससलाई अग्रता दिलाए । राजले २६औँ मिनेटमा उनले २–० का लागि गोल गरे । 

पहिलो हाफमा नेक्सस २–० ले अघि रह्यो । दोस्रो हाफको खेल सुरु भएको आठौँ मिनेटमा मनकामनाका सुमन सुनारले खेल २–१ को गोलअन्तरमा ल्याए । दोस्रो हाफको १५औँ मिनेटमा नेक्ससका राजले विजयी गोल गरे । नेक्ससले ३० हजार र उपविजेता मनकामनाले २० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा तेस्रो भएको गुड डे एकेडेमीले १० हजार रुपैयाँ हात पार्यो । 

काँडाघारीस्थित अर्किड स्कुलको आयोजनमा भएको प्रतियोगितामा मनकामनाका अनिष डंगोल उत्कृष्ट खेलाडी चुनिए । नेक्ससका निशान राना मगर उत्कृष्ट गोलरक्षक भए । प्रतियोगिताको अनुशासित टोलीको उपाधि गुड डे एकेडेमीले हात पार्यो ।  विजयी टोली तथा खेलाडीहरूलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र आयोजक स्कुलका प्रिन्सिपल चोलेन्द्र कार्कीलगायतले पुरस्कृत गरेका छन् । 

See More On

सुझावित समाचार