सल्यानको बागचौर नगरपालिका– ९ स्थित लोकतान्त्रिक आधारभूत विद्यालय लिउरेबारीमा आगलागी भएको छ । बुधबार दिउँसो विद्यालयमा आगलागी भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर ओलीले प्रहरीलाई खबर गरेका थिए ।
आगलागीबाट कार्यालयमा रहेका किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्टलगायत सामग्री जलेर नष्ट भएको छ । करिब एक लाख ९३ हजार ५ सयबराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले जानकारी दिए ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।