हुम्ला पर्यटकीय हब बन्छ : मन्त्री लामा

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङडम्डुल लामा कार्चेनले हुम्लालाई पर्यटकीय हब बनाउने बताएका छन्। लामा सांस्कृतिक मञ्चको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री लामाले हुम्ला मानसरोवर कैलाशको प्रवेशद्वार भएको भन्दै हुम्लालाई पर्यटकीय हब बनाउने बताएका हुन्।

हुम्लामा धार्मिक,सांस्कृतिक र प्राकृतिक पर्यटनको सम्भावना हुँदाहुँदै पनि चिन्न नसकेको भन्दै उनले हिराजस्तो हुम्लालाई चिन्न जरूरी रहेको बताए। हुम्ला जडीबुटीको प्रचुर सम्भावना बोकेको उल्लेख गर्दै उनले हुम्लामा त्यसका लागि उद्योग बनाउने वाचासमेत गरेका छन्। यसका लागि संघ र प्रदेश सरकार सकारात्मक रहेको उनले उल्लेख गरे।
  
मन्त्री लामालाई बधाई तथा शुभकामना दिँदै हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला स्वर्गजस्तै रहेको बताइन्। 'यो जिल्ला सम्भावनाको खानी छ, सरोकारवाला निकायले विकासमा ध्यान दिने हो भने साच्चिकै स्वर्ग हुन्छ,' प्रजिअ परियारले भनिन्।

सुझावित समाचार