गठबन्धनका नेताहरुलाई सांसदको प्रश्न- व्याख्यात्मक टिप्पणी भनेकाे के हो ?

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य लिलादेवी सिटौलाले व्याख्यात्मक टिप्पणी के हो भन्दै प्रश्न गरेकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन्। आज बसेको सत्तागठबन्धनको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो।

एमसिसी सम्झौता समान नभएको भन्दै उनले सम्झौता गर्दा नेताहरुले नेपालको परराष्ट्र नीति अध्ययन नगरेको टिप्पणी गरिन्। सांसद सिटौलाले भनिन्, 'यो समान देशहरुबीचको सम्झौता भएन। नेताहरुलाई मेरो प्रश्न– तपाईहरुले नेपालको परराष्ट्र निति अध्ययन गर्नुभएको थिएन एमसिसी सम्झौता गर्दा ? व्याख्यात्मक घोषणा के हो ?'

सुझावित समाचार