बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । एमसिसी अनुमोदनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । 

माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो।  

यसैगरी प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजकाे बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । 

सुझावित समाचार