कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन, दुवै पक्ष आ-आफ्नै अडानमा (भिडियोसहित)

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण
कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन, दुवै पक्ष आ-आफ्नै अडानमा (भिडियोसहित)

फाइल तस्बिर

प्रमुख सत्तारुढ दल कांग्रेस र प्रमुख विपक्षी दल एमालेबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको हो । 

वार्तामा दुवै दलका नेताले पुरानै अडान राखेका थिए । बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले एमालेले पुरानै अडान राखेको जानकारी दिए ।उनले छलफल भने जारी रहने बताए । उनले भने नयाँ कुरा भनौँला भनेर लामो छलफल गर्यौँ तर एमालेले पुरानै कुरा दोहोर्यायो । 

एमाले महासचिव शंकर पोखरेलले पहिला माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको बताए । एमसिसीको विषयमा गठबन्धनको तर्फबाट एउटै राय बनाउन एमालेले आग्रह गरेको उनले बताए ।  

सुझावित समाचार