आफ्ना सञ्चालक राजेश खरेलको असामयिक निधनबाट समग्र नेपाली सिमेन्ट उद्योगमै अतुलनीय क्षति पुगेको रिद्धिसिद्धि सिमेन्टले बताएको छ । नेपाली सिमेन्ट बजारमा उत्कृष्ट गुणस्तरको उत्पादन तथा सेवा उपलब्ध गराउँदै आएको भन्दै उद्योग व्यवस्थापनले स्व. खरेलको योगदान स्मरण गरेको छ ।
रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको ५ फागुनमा ४५ वर्षको उमेरमा निधन भएको थियो । ०७३ सालमा हेटौँडाको रातमाटेमा स्थापित रिद्धिसिद्धि सिमेन्ट व्यावसायिक घराना शंकर ग्रुप अम्बे ग्रुपको भेन्चर हो ।
स्थापनाको पाँच वर्षभित्रै गुणस्तरीय उत्पादन तथा नवप्रवर्तनात्मक सेवामार्फत उपभोक्तामाझ रिद्धिसिद्धिलाई सफल र विश्वसनीय कम्पनीका रूपमा स्थापित गराउन स्व. खरेलको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।