नयाँ गठबन्धन बन्न पनि सक्छ : शशांक कोइराला (भिडियोसहित)

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने–नरहने कुरामा आशंका व्यक्त गरेका छन्। उनले एमसिसी संसदबाट पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न पनि सक्ने संकेत गरे। सांसद कोइरालाले एमसिसी नेपालको हितमा भएकाले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागिपरिरहेको बताए।

‘सत्ता ध्रुवीकरणको अवस्था किन सिर्जना भयो भने शेरबहादुरजीको हिसाबले सोच्ने हो भने उहाँको दुईवटा बाटो छ, एउटा एमसिसी पास गराउने, अथवा गठबन्धनलाई जोगाइराख्ने। उहाँको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ,’ उनले भने, ‘त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ।’

सुझावित समाचार