स्थानीय तह निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)ले आज स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। एमालेका अनुसार महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल दल दर्ताका लागि  निर्वाचन आयोगमा जान लागेको हो।

निर्वाचन आयोगले  स्थानीय तह निर्वाचनका लागि दल दर्ताको मिति फागुन १५ सम्म तोकेको छ। आयोगका अनुसार बिहीबारसम्म २९ दलले दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगका अनुसार हालसम्म राष्ट्रिय पार्टीको मान्यता पाएका दलले दर्ताका लागि निवेदन दिएका छैनन्।

सुझावित समाचार