एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

एक लाख ३० हजार घुससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटेल व्यवसायी मीना मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ गरेको हो ।

जग्गा नामसारीका लागि खरिदार बस्नेतले आलटाल गरी घुस मागेको आयोगले जनाएको छ । खरिदार बस्नेतसँग एक लाख तथा होटेल व्यवसायी मगरसँगबाट ३५ हजार घुस बरामद भएको छ । चाबहिलको मुस्ताङ थकाली भान्साघरबाट उनीहरू पक्राउ परेका हुन् ।

See More On

सुझावित समाचार