चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौंको सामाखुसीबाट दुईजनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिवासका २० वर्षीय सञ्जय विश्वकर्मा र संखुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बर प्लेट बा.८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको महाशाखा प्रमुख जोशीले बताए। रासस

See More On

सुझावित समाचार