सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट (एसएमएसएच)ले आतिथ्य एवं पाकशास्त्रसम्बन्धी चारवर्षे कार्यक्रम ब्याचलर्स इन इन्टरनेसनल कुलिनरी आर्टस् (बिआइसिए) सुरु गरेको छ । नेपालको शिक्षा मन्त्रालयको अनुमति र संयुक्त अधिराज्यको क्विन मार्गारेट विश्वविद्यालयसँगको सम्बन्धनमा कार्यक्रम सुरु गरिएको हो ।
बिआइसिएलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ । यो चारवर्षे स्नातक कार्यक्रम विद्यार्थीलाई फुड प्रडक्सनमा विशेषज्ञ बनाउन तयार गरिएको कार्यक्रम रहेको कलेजले जनाएको छ । सिद्धहस्त सेफ, कुलिनरी विज्ञ एवं उद्यमीहरू उत्पादनका चारवर्षे बिआइसिएको कार्यक्रम वल्र्ड कुलिनरी आर्टस्को क्षेत्रमा निकै सफल मानिएको कलेजको दाबी छ ।
पाकशास्त्रमा विशेषज्ञतासँगै यो डिग्रीले अनुसन्धान, दिगोपन, उद्यमशीलता, नेतृत्व तथा उत्पादनजस्ता हस्पिटालिटीका महŒवपूर्ण पक्षलाई पनि ध्यान दिने जनाइएको छ । कलेजका अध्यक्ष समीर थापाले बिआइसिएलाई आकर्षक कार्यक्रम बनाउन, कलेजले अनुसन्धानलाई बढावा दिन विद्यार्थीका लागि नेसनल कुलिनरी एन्ड गेस्ट्रोनोमी रिसर्च सेन्टर स्थापनाको पहलकदमी लिएको बताए ।
कुलिनरी उद्योगमा फ्रेन्चहरू उत्कृष्ट रहेकाले सिल्भर माउन्टेनले विद्यार्थीलाई फ्रेन्च खानाको ज्ञान दिन आवश्यक ठानेर अबको तीन महिनामा कलेज परिसरमा फ्रेन्च फाइन डाइनिङ रेस्टुरेन्ट खोल्ने योजना रहेको उनको भनाइ छ । कलेजले उत्कृष्ट पाठ्यक्रम, अनुसन्धानकेन्द्रित अध्ययन, व्यावहारीक एवं शैक्षिक तालिमका साथै शतप्रतिशत इन्टर्नसिपको ग्यारेन्टी गरिएको कलेजको दाबी छ ।