काठमाडौंको सुकेधारामा मल्टिब्रान्ड इलेक्ट्रोनिक्स सोरुम ‘डिजी स्टोर’ सञ्चालनमा आएको छ । डिजी स्टोरको पाँचौँ आउटलेटका रूपमा इलेक्ट्रोनिक्स ग्याजेट, मोबाइल एसेसोरिजलगायत दैनिक जीवनसँग जोडिएका सामग्रीहरूको सोरुम सञ्चालनमा ल्याइएको हो ।
तीन वर्षअघि डिजी स्टोरको पहिलो आउटलेट बालुवाटारमा खुलेको थियो । डिजी स्टोरका विराटनगरमा दुई, इटहरीमा एक र काठमाडौंमा दुई सोरुम खोलिसकेको सञ्चालक अरुण वंशलले बताए । डिजी स्टोरलाई उपत्यकासहित देशका विभिन्न सहरमा पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
डिजी स्टोरमा एकै ठाउँ धेरै ब्रान्डका इलेक्ट्रोनिक्स सामग्रीहरू उपलब्ध रहेको सञ्चालक वंशलले बताए । मोबाइल कभर, मोबाइल स्ट्यान्ड, सेल्फी स्टिकलगायत धेरै प्रकारका मोबाइल एसेसोरिज स्टोरमा उपलब्ध छन् । स्टोरमा डिजिकम ब्रान्डका किबोर्ड, माउस, हेडफोन, गेमिङ किबोर्ड तथा माउस, टेलिफोन, वाइफाई राउटर, एटेन्डेन्स मेसिन, सिसी क्यामरा, स्पिकर, ब्याट्री, एयर कन्डिसनर, ल्यापटप ब्यागलगायत बिक्रीमा राखिएको छ ।
डिजी स्टोरमा हेभिट ब्रान्डका ब्लुटुथ स्पिकर, मनस्टर ब्रान्डका हेडफोन, स्पिकर, एयर बर्डस्, सुदिङ ब्रान्डका युटिलिटी प्रडक्ट, डेलको ल्यापटप, कम्प्युटर, जेबिएल ब्रान्डका स्पिकर पनि उपलब्ध छन् । ‘यो मल्टिब्रान्ड इलेक्ट्रोनिक्स ग्याजेट र मोबाइल एसेसोरिज स्टोर हो,’ वंशलले भने, ‘हामी मान्छेको दैनिक जीवनसँग जोडिएका इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराउँछौँ ।’ स्टोरमा डेललगायत ब्रान्डका ल्यापटप र कम्प्युटर पनि खरिद गर्न पाइन्छ ।