टाटा मोटर्सले बनेपामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा सोरुम विस्तार गरेको हो ।
बनेपामा सञ्चालित नयाँ आउटलेटको विक्रेताका रूपमा सेवक बुढाथोकी सञ्चालक रहेको लक्ष्मी अटोलाई तोकिएको छ । यससँगै नेपालभर टाटा मोटर्सका १९ वटा आउटलेट पुगेका छन् । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्तजंग सिजापतिले नयाँ सोरुमले कम्पनीको ग्राहककेन्द्रित दृष्टिकोण र उनीहरूसँगको नजिकको सम्बन्ध विस्तार गर्न मद्दत मिल्ने बताए । बनेपा कम्पनीका लागि प्रमुख बजार मात्र नभई विकास रणनीतिको प्रमुख हिस्सा पनि रहेको उनको भनाइ थियो ।
त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले बनेपामा सिप्रदी ट्रेडिङका लागि टाटा मोटर्सको डिलरका रूपमा प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताए । सोरुम सञ्चालनको सम्झौतासँगै यसको बढ्दो माग, बिक्री एवं यसका सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्ने उनको भनाइ थियो ।