कलंकी ढुंगेअड्डामा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

गएराती अज्ञात समूहले चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा राखेको शंकास्पद वस्तु होक्स अर्थात् नक्कली बम रहेको प्रहरीले जनाएको छ। गएराति २ बजे अज्ञात समूहले प्रेसरकुकरसहित शंकास्पद वस्तु राखेका थिए।

राति नै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको थियो। उक्त शंस्कास्पद वस्तु शुक्रबार बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। डिस्पोजका क्रममा होक्स रहेको पाइएको नेपाली सेनाले जनाएको छ।

निर्वाचनको तालिका नजिकिँदै जाँदा र एमसिसी पास गर्न लागेको विषयमा सर्वसाधारणलाई तर्साउन त्यसरी शंकास्पद वस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारेमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सुझावित समाचार