पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरेकोमा मुख्यमन्त्री पोखरेल असन्तुष्ट

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशको राजधानी पोखरालाई संघ सरकारले पर्यटकीय राजधानी घोषणा गर्न ढिलाई गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असन्तुष्टि जनाएका छन् । शुक्रबार पोखरा महानगरपालिकाको १० औं महानगरसभालाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पुन ः आग्रह ग¥र्यौ तर अहिलेसम्म पर्यटकीय राजधानी घोषणा हुन सकेको छैन’ उनले भने । 

उनले देशको समग्र विकासमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनुपर्नेमा जोड दिए । समन्वय नभए विकास निर्माणले गति लिन नसक्ने उनको भनाई थियो । मुख्यमन्त्री पोखरेलले राजधानी पोखरालाई विकास गर्न प्रदेश सरकार र पोखरा महानगर मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले जवसम्म दिल खोलेर सहकार्य हुन सक्दैन तवसम्म विकास र समृद्धिको अभियान पुरा हुन नसक्ने बताए ।

पोखरेलले भने, पोखरालाई अगाडी राखेर हाम्रो सहकार्य हुदैन अगाडी बढ्दैन त्यो हाम्रो अभियान पुरा हुदैँन । प्रदेश सरकार, स्थानीय सरकार हातेमालो गरेर यो प्रदेशको राजधानीलाई विकास गर्न सकिने उनको धारणा थियो ।लेखनाथको लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कामलाई अगाडि बढाउन प्रदेश र पोखरा महानगरपालिका मिलेर अगाडि बढाउन पोखरेलले प्रस्ताव गरे । मुआब्जाका लागि आवश्यक ३४ करोड बरावरको रकम सहकार्य मार्फत व्यवस्था गरेर काम अगाडि बढाउन उनले अपिल गरे ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेकाले ल्याण्डफिल साइड अहिलेको स्थानबाट हटाउन महानगरले जिम्मेवारी बहन गर्न पोखरेलले ध्यानाकर्षण गराए । त्यसका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका पोखरेलले त्यसको जिम्मेवारी महानगरकै भएको बताए ।
 

सुझावित समाचार