गृहमन्त्री र जनमत पार्टीका नेताबीच भेटवार्ता

शुक्रबार, २८ माघ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्तिपूर्ण आन्दोलनमा आफ्ना पार्टीका नेताकार्यकता गिरफ्तार भएको जनाउँदै उनीहरूकाे रिहाइका लागि माग गरे । 

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेताकार्यकर्ताको रिहाइका लागि जनमत पार्टीका नेताले माग गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

सो अवसरमा गृहमन्त्री खाणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए ।

सुझावित समाचार