कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचनकेन्द्रित एजेन्डा

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। 

बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनकेन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको छ। बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबारे आवश्यक निर्णय गर्ने एजेन्डासमेत रहेको छ।

सुझावित समाचार