प्रहरीको सइ हुँ भन्दै लुटपाट गर्ने पक्राउ

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

दाङमा प्रहरीको सइ हुँ भन्दै लुटपाट गर्ने एकजना पक्राउ परेका छन्। सोमबार राति १० बजेतिर  कोठातर्फ जाँदै गरेको अवस्थामा आर्मी ब्यारेकनजिक मार्सल पुनमगर र सन्तोष खड्कालाई धम्की दिएको उजुरीका आधारमा प्रहरीले घोराही–१७  करजाईनिवासी २५ वर्षीय  छ्याक्ने भन्ने अनिल  पुनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रा.४प ६३३० नम्बरको मोटरसाइकलमा आएका  दुई व्यक्तिले उनीहरूलाई अपशब्द प्रयोग गरी हातपातसमेत गरेका भनी उजुरी परेको थियो। उनीहरूले प्रहरीको सइ हौँ, खानतलासी गर्नुपर्छ भन्दै पीडितहरूको साथमा रहेको दुई थान मोबाइल र चार हजार नगद लुटपाट  गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब  उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

प्रहरीले शंकास्पद अवस्थामा फेला पारी बयान लिँदा उनले प्रहरीको सइ हुँ भन्दै लुटपाट गरेको स्वीकार गरेका रिजालले बताए। रिजालका अनुसार उनको साथबाट लुटिएको मोबाइलसमेत बरामद गरिएको छ।   

दाङमा शृंखलाबद्ध रूपमा प्रहरी हुँ भन्दै धम्की दिने कार्य बढिरहेको छ । यसअघि घोराही उपमहानगरपालिका– १५ मालपोत कार्यालय नजिकैबाट ‘सइ हुँ’ भन्दै धम्की दिएर ठगी गर्ने स्थानीय रामबहादुर बस्नेत पक्राउ परेका थिए।

सुझावित समाचार